+
+
Shares

चितवनको कोरोना परीक्षण ल्याब पाँच दिनदेखि बन्द

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २३ गते १६:१४

२३ वैशाख, चितवन । रिएजेन्ट किटको अभावले चितवनको भरतपुरमा स्थापना गरिएको कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्ने पीसीआर ल्याब पाँच दिनदेखि बन्द भएको छ ।

भरतपुर अस्पताल मातहत रहेको ल्याब रिएजेन्ट किट अभावमा बन्द भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । उनका अनुसार आवश्यक रिएजेन्ट स्वास्थ्य मन्त्रालयसँग माग गरिएको छ ।

बुधबार वा बिहीबारसम्म किट आइपुग्ने उनले दावी गरे । दोस्रो पटक ल्याइएको एक सय वटा कीट समेत सकिएपछि प्रयोगशाला नै बन्द भएको हो । ल्याब बन्द भएपछि कोरोना संक्रमणको आशंका गरिएका व्यक्तिहरुको परीक्षणमा समस्या भएको छ ।

अहिले स्वाब संकलन गरि हेटौडास्थित ल्याबमा पठाइएको सूचना अधिकारी पौडेलले जानकारी दिए । वैशाख २० गते २८ जनाको र २२ गते १२ जनाको स्वाब संकलन गरी परीक्षणका लागि हेटौडा पठाइएको छ ।

त्यसमध्ये २० गते पठाइएका २८ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ भने, १२ जनाको आउन बाँकी छ । भरतपुर प्रयोगशालामा अहिलेसम्म ५७३ भन्दा बढीको पिसिआरबाट कोरोना परीक्षण गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?