
नायिका स्वस्तिमा खड्काले अमेरिकन चलचित्रमा काम गर्दैछिन् । अमेरिकन चलचित्र निर्माण पक्षले अङ्ग्रेजी भाषामा निर्माण गर्न लागेको चलचित्रमा स्वस्तिमा अनुबन्धित भएकी हुन् । यस चलचित्रमा स्वस्तिमाले मुख्य भूमिका निर्वाह गर्ने छिन् ।
स्वस्तिमासँगै यस चलचित्रमा नेपालबाट अर्की नायिकाले पनि काम गर्ने भएकी छिन् । उनी हुन्, केकी अधिकारी ।
केकी पनि चलचित्रको लागि अनुबन्धित भइसकेकी छिन् । निर्माण पक्षसँग केकीको लिखित सम्झौता पूरा भइसकेको छ । बुझिएअनुसार चलचित्रमा स्वस्तिमा र केकी दिदी-बहिनीको भूमिकामा प्रस्तुत हुनेछन् ।
केही समय अगाडि नेपाल आएको चलचित्रको टिमले अडिसनबाट नै स्वस्तिमा र केकीलाई छनोट गरेको हो । स्वस्तिमा र केकीसँगै अन्य केही नायिकाहरुले पनि अडिसन दिएका थिए ।
चलचित्रको निर्माण पक्षको विषयमा भने अहिले सार्वजनिक गरिएको छैन । चलचित्रमा अन्य कलाकार भने अमेरिकन नै हुने बुझिएको छ । चलचित्रको सम्पूर्ण छायांकन पनि अमेरिकामा नै हुनेछ । कोरोनाको त्रास सकिएलगत्तै चलचित्रको छायांकन सुरु हुनेछ ।
प्रतिक्रिया 4