+
+
Shares

आयुषको हत्या होइन, दुर्घटनामा मृत्यु : प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २८ गते २०:३९

२८ वैशाख, विराटनगर । नहरको डिलमा मृत अवस्थामा फेला परेका १८ वर्षका आयुष गिरीको मृत्यु सवारी दुर्घटनाबाट भएको प्रहरीले बताएको छ ।

बिहीबार बिहान सुनसरी मोरङ सिञ्चाई आयोजनाको बेलबारी– ७ खण्डमा मृत भेटिएका आयुषको हत्या नभएको प्रहरीले निश्कर्ष निकालेको हो ।

प्रहरीले दुर्घटनामा संलग्न भएको आरोपमा को २ त १२२५ नम्बरको ट्याक्टर र ट्याक्टर चालक पथरीशनिश्चरे नगरपालिका– का ४६ वर्षका बद्रीबहादुर मगरलाई नियन्त्रणमा लिएको छ ।

चालक राति भागे बिहान आफैं आए

बुधबार दिउँसो करिब ४ बजे साथीसँग घरबाट निस्किएका आयुष राति करिब ७ बजे साथीसँग विवाद भएपछि एक्लै घरतर्फ जाँदै थिए । घरजाने क्रममा उनलाई टयाक्टरले ठक्कर दिएको थियो ।

चिसाङखोला पश्चिमतर्फ आउँदै गरेका आयुषलाई सोही दिशातर्फ आएको ट्याक्टरले ठक्कर दिएको प्रहरी बताउँछ । प्रहरीका अनुसार राति ठक्कर दिएपछि चालक मगरले ब्रेक लगाए । ट्याक्टरबाट ओर्लिएर हेर्दा आयुषलाई ठूलो चक्काले किचेको देखे । चक्कामुनि रहेका आयुषलाई हातले नै तानेर नहरको डिलमा राखे । डिलमा अचेत देखिएपछि मृत्यु भयो भन्दै उनी हिँडेका थिए ।

दुर्घटना पछि आफ्नो गन्तब्यमा पुगेका मगरले राति आफ्ना साथी र गाडी धनीलाई सुनाए ।

साथीसँगको सल्लाहमा उनी आफैं हाजिर भएको प्रहरी बताउँछ । ‘दुर्घटनापछि साथी र गाडी धनीलाई ड्राइभरले घटना सुनाएको रहेछन्’ इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक ऋषिराज ढकालले भने ‘बिहीबार मगर आफैं आएका हुन् ।’

बिहीबार बिहान शव भेटिएपछि आयुषको हत्या भएको आशंका गरिएको थियो । हत्याको आशंकामा प्रहरीले ११ जनालाई नियन्त्रणमा लिएको थियो ।

दुर्घटनाअघि आयुषसहित अन्य ११ जनाले सँगै बसेर मदिरा पिएको र विवाद भएको खुलेपछि हत्या आशंकामा प्रदेश प्रहरी र जिल्ला प्रहरीबाट अनुसन्धान टोली परिचालन भएको थियो ।

अनुसन्धानका क्रममा ट्याक्टरले ठक्कर दिएको खुलेपछि चालक बद्रीबहादुर मगरलाई नियन्त्रणमा लिएर सवारी ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

आयुषसँगै बुधबार राति बसेका ११ लाई अभद्र व्यवहार कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको उनले बताए । बुधबार राति आयुसँग बसेर चिसाङ खोला किनारमा रहेको होटल मादक पदार्थ सेवन गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

राति करिब साढे ७ बजे मदिराले मातेपछि हरि श्रेष्ठको होटलबाट ४ वटा चाउचाउ र भुजा किनेर आयुषले लिएका थिए । ती खानेकुरा कसले लिने भन्ने विषयमा उनीहरुबीच विवाद भएको प्रहरी बताउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?