Comments Add Comment

रुपन्देहीका राजनीतिक दलको माग : सीमामा अलपत्र नेपालीलाई स्वदेश ल्याऊ

२९ वैशाख, बुटवल । रुपन्देहीका राजनीतिक दलहरुले नेपाल भारत सीमामा तथा विदेशमा अलपत्र परेका नागरिकहरुलाई स्वदेश ल्याउन माग गरेका छन् ।

उनीहरुले आधिकारिक बाटो खोलेर सीमामा अलपत्र नागरिकलाई स्वदेश ल्याउन र स्वास्थ्य परीक्षण गराई क्वारेन्टाइनमा राख्न सरकारसंग माग गरेका हुन् ।

सोमबार भैरहवामा सम्पन्न सर्वदलीय बैठकले अलपत्र अवस्थामा रहेका नेपालीलाई स्वदेश नल्याएर सरकारले जिम्मेवारी पूरा नहुने निश्कर्ष निकालेको नेपाली कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले बताए ।

हजारौं नेपाली अलपत्र परेका र उनीहरु लुकीछिपी नेपाल प्रवेश गरिरहेकोले सरकार जिम्मेवार भई उनीहरुलाई उद्धार गर्नुपर्ने निश्कर्ष निकालेको उनले बताए ।

सर्वदलीय बैठकपछि दलहरुले विदेश तथा सीमा क्षेत्रमा अलपत्र नागरिकको उद्धार गर्न माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पनि पठाएका छन् ।

त्यस्तै बैठकले किसानलाई मलखाद, बीऊबिजन अविलम्ब उपलब्ध गराउन पनि माग गरेको छ । बैठकले भारतले हालै लिपुलेकमा नेपाली भूभागबाट सडक निर्माण गरी उद्घाटन गरेकामा पनि आपत्ति जनाएको छ ।

समय पहिलादेखि नेपालमा चिनिया नागरिकको अवान्छित क्रियाकलाप बढ्दै गएको भन्दै सर्वदलीय बैठकले काठमाडौंमा निषेधित क्षेत्र तोडी नेपाली सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्नेलाई कारबाही गर्न माग गरेको छ ।

बैठकमा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमुक्ति पार्टीलगायतका दलका प्रतिनिधि सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment