
३० वैशाख, चितवन । वैशाखको महिना बिहेवारीको सिजन मानिन्छ । तर कोरोना भाइरसको संक्रमण नफैलियोस् भनेर सरकारले जारी गरेको लकडाउनका कारणले विहे गर्ने पूर्वयोजना बनाएका धेरै जोडीहरुले बिहे गर्न पाएनन् । तर कतिपयले भने लकडाउनकै बेलामा समेत थोरै संख्यामा जन्ती गएर बिहे गरेका छन् ।
यस्तै एक जोडीमा पर्दछन् भरतपुर महानगरपालिका वडा नम्बर १० का प्रवेश पौडेल र दृष्टि भुषाल । उनीहरुले बिहे सोमबार गरेका हुन् । बिहेको खर्च कटाएर महानगर विपद् व्यवस्थापन कोषमा १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ उनीहरुले जम्मा गरेका हुन् ।
महानगर प्रशासकीय प्रमुख प्रेमराज जोशीका अनुसार नवविवाहित जोडीले बिहेमा हुने खर्च कटाएर महानगरलाई विपद्का विरुद्ध लड्न सहज होस् भनेर कोषमा रकम जम्मा गराएका हुन् । नवविवाहित जोडीलाई भरतपुर महानगर प्रमुख रेनु दाहालले बधाई एवम् शुभकामना दिएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4