Comments Add Comment

ग्लोबल आइएमई बैंकले कमायो २ अर्ब ७० करोड, यस्तो देखियो वित्तीय अवस्था

३१ वैशाख, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासमा २ अर्ब ७० करोड रुपैयाँ भन्दा बढी नाफा कमाएको छ ।

बैंकले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै २ अर्ब ७० करोड २६ लाख १४ हजार ८ सय ९४ रुपैयाँ कमाएको जानकारी दिएको हो ।

दुई ठूला वाणिज्य बैंकहरु (ग्लोबल आइएमई बैंक र जनता बैंक नेपाल) मर्ज भए बनेको यस बैंकले व्त्तिीय अवस्थामा राम्रै सुधार गरेको छ ।

यस्तो छ बैंकको सूचकहरूकाे अवस्थाः

बैंकले २५८ वटा शाखाहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १ सीडीएस एण्ड क्लियरिङ काउण्टर, २३ राजश्व संकलन काउण्टर, २४९ शाखारहित बैंकिङ्ग सेवा केन्द्र साथै २४५ वटा ए.टि.एम. को सञ्जालहरु मार्फत ७ वटै प्रदेशमा सेवा प्रदान गर्दै आएको छ ।

बैंकको अष्ट्रेलियाको सिड्नी, भारतको नयाँ दिल्ली तथा संयुक्त अधिराज्यको ह्याम्पशायरमा प्रतिनिधि कार्यालयहरु सञ्चालनमा रहिआएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment