+
+
Shares

नारायणी अस्पतालबाट भागेका कोरोना संक्रमित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १ गते ११:३९

१ जेठ, वीरगञ्ज । पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालबाट भागेका २ कोरोना संक्रमितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट बुधबार भागेका भारतीय नागरिकहरुलाई सोही दिन साँझ प्रहरीले नियन्त्रणमा लिएको हो ।

एसपी गंगा पन्तले एक जनालाई तिलाबे पुल र अर्कालाई हरिहरपुलबाट नियन्त्रणमा लिएको जानकारी दिइन् । तीमध्ये एक जनालाई हिँडिरहेको अवस्थामा र अर्कालाई मावली घरमा लुकेर बसेको अवस्थामा नियन्त्रणमा लिइएको उनले बताइन् ।

दुवै जनालाई नियन्त्रणमा लिएर बुधबार नै नारायणी अस्पतालमा उपचारका लागि राखिएको छ । उनीहरु अस्पतालबाट भाग्नुको कारण भने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?