Comments Add Comment

नेपालमा आमाको मृत्यु, तीनै छोरा भारतमा रोकिए

१ जेठ, काठमाडौं । दैलेख महाबु गाउँपालिका–२, मान्म गाउँका सोनु विश्वकर्माले दिवंगत आमाको काजक्रियाका लागि नेपाल आउने वातावरण बनाइदिन अनुरोध गरेका छन् ।

लकडाउनपछि भारतमै रोकिएका सोनु आमा गोरी विकको मृत्यृपछि नेपाल फर्कन चाहेका छन् । तर, उनलाई नेपाल–भारतको सिमानामा रोकिएको छ ।

सीमामा रोकिएपछि उनले आमाको काजक्रियाका लागि नेपाल आउने व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

विश्वकर्मालाई नेपाल ल्याउन पहल गरिदिन महाबु गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय दैलेखलाई समेत आग्रह गरेको थियो । तर केही सुनुवाइ नभएको विश्वकर्माले बताए ।

विश्वकर्माका छिमेकी रमा महरा केसीले भनिन्, ‘सोनु भाइको काम गर्ने कम्पनीले नेपाल भारतको सिमाना रुपैडियासम्म पुराइदिने भनेको छ । तर नेपाल सरकारले प्रवेश नदिएका कारण समस्या भएको छ ।’

उनले भनिन्, ‘बरु नेपाल प्रवेश गर्दा सोनुको कोरोना परीक्षण गरेर नेपाल प्रवेश गर्न दिए राम्रो हुने थियो ।’

विश्वकर्माका तीन भाइ मजदुरीका लागि भारतमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment