Comments Add Comment

राष्ट्रपति र उपराष्ट्रपतिको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ

२ जेठ, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । राष्ट्रपति र उपराष्ट्रपतिसहित उनको कार्यालयमा रहनेहरुको पीसीआर परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको हो ।

शितलनिवासमा राष्ट्रपति भण्डारीसहित ३७ जनाको र उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति पुनसहित ६४ जनाको पीसीआर टेष्ट गरिएको थियो ।

उपराष्ट्रपतिसहित कार्यालयमा रहेका सरकारी कर्मचारी, सचिवालयका सदस्य, परिवारका सदस्य, सेना र स्वास्थ्यकर्मीसहित ६४ जनाको पीसीआर टेष्ट गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको उपराष्ट्रपतिका प्रेस सल्लाहकार मनोज घर्तीमगरले जानकारी दिए ।

सरकारको नीति तथा कार्यक्रममा सहभागी हुँदा पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने अनिवार्य गरिएकाले राष्ट्रपति कार्यालय र उपराष्ट्रपति कार्यालयमा रहेकाहरुको कोरोना परीक्षण गरिएको थियो ।

शुक्रबार संघीय संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन्, जहाँ उपराष्ट्रपति पुनको पनि सहभागिता रहने छ ।

यसअघि संसद सचिवालयले सांसदहरु, मर्यादापालक, कर्मचारी, सुरक्षाकर्मीलगायतको पनि कोरोना परीक्षण गराएको थियो । उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको संसद सचिवालयका स्वास्थ्य इकाइ प्रमुख डा. पुष्प रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment