Comments Add Comment

धादिङकी कोरोना संक्रमित काठमाडौंको सतुंगल निवासी

२ जेठ, काठमाडौं । बिहीबार कोरोना संक्रमण पुष्टि भएको धादिङकी महिला काठमाडौंमा नै बस्ने गरेको पाइएको छ ।

धादिङको गल्छी गाउँपालिका– ८ की ३० वर्षकी ती महिला लकडाउनकै बीचमा काठमाडौंबाट धादिङ गएकी र वैशाख २७ गते काठमाडौं फर्किएकी थिइन् ।

धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङका अनुसार उनलाई कोरोना संक्रमण परीक्षणकै लागि काठमाडौं पठाइएको छ ।

ती महिला चन्द्रागिरि नगरपालिका सतुंगलको अमरवस्ती क्षेत्रमा बसोबास गर्छिन् । उनी गृहिणी हुन् ।

शुक्रबार विहान बसेको जिल्ला सुरक्षा समितिको बैठकले गल्छी गाउँपालिकालाई सिल गर्ने निर्णय गरेको छ । पूर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेनाको ६ नम्बर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशुली नदी र दक्षिणमा पृथ्वी राजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडकको बीच क्षेत्रलाई शिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

संक्रमित महिलाको घर भएको क्षेत्रमा पीसीआर परीक्षणको तयारी गरिएको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment