+
+
Shares

उदयपुरलाई उद्योग मन्त्रालयले दियो २ सय थान पीपीई

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २ गते १०:१२

२ जेठ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कोरोना प्रभावित जिल्ला उदयपुरका लागि २ सय थान पीपीई उपलब्ध गराएको छ ।

मन्त्री लेखराज भट्टले बिहीबार उक्त पीपीई उदयपुर–काठमाडौं सहजकरण समिति तथा उदयपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ का सांसद सुरेशकुमार राईलाई हस्तातन्तरण गरे । कोरोना संक्रमण रोकथाम र उपचारका लागि स्वास्थ्यकर्मीले लगाउने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) शुक्रबार बिहानै उदयपुर पठाइएको सांसद राईले अनलाइनखबरलाई बताए ।

उदयपुरबाट काठमाडौं आई दैनिक ज्याला मजदुरी गरी जिविकोपार्जन गरिरहेका न्यून आय भएका मजदुर र विद्यार्थी वर्गलाई सहयोग गर्न भन्दै पूर्वसंविधान सभा सदस्य रामबहादुर थापा मगरको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको थियो ।

उक्त समितिले समस्यामा परेका ५०० भन्दा बढी परिवारलाई राहात वितरण गरिसकेको र समस्या परेका परिवारको छनोट कार्य समेत भइरहेको समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?