Comments Add Comment

प्रिमियर लिग जुनमा पुन: सुरु गर्न बेलायत सरकार सकरात्मक

२ जेठ काठमाडौं । बेलायत सरकार आगामी जुनदेखि प्रिमियर लिग पुन: सुरु गर्ने विषयमा सकरात्मक देखिएको छ । सरकारले त्यहाँ प्रिमियर लिगलगायत व्यवसायिक फुटबल सुरु गर्नका लागि अनुमति दिने जनाएको हो ।

बेलायतका कल्चरमन्त्री ओलिभर डोवडेनले बिहीबार फुटबल एसोसिएसन (एफए), प्रिमियर लिग (पीएल) र इंग्लिस फुटबल लिग (इएफएल)संगको मिटिङमा योजनामा प्रगति भएको बताए ।

ओलिभरले फुटबल फेरि सुरु गर्दा फ्यानलाई प्रत्यक्ष हेर्नका लागि ठूला स्कृनको व्यवस्था गर्नुपर्ने बताए ।

इंग्ल्याण्डको डेपुटी चिफ मेडिकल अफिसरले भने फुटबल फेरि शुरु हुँदा केही ढिलो र स्वास्थ्य मापन गर्नुपर्ने बताएका छन् ।

प्रिमियर लिगले सोमबार प्रोजेक्ट रिस्टार्सको बारेमा छलफल गर्दा लिग १२ जुन देखि सुरु हुन सक्ने अपेक्षा राखेका छन् । लिगका खेलहरु भने क्लोज डोरमा खेलाइनेछ ।

कल्चर मन्त्री ओलिभर डोवडेनले खेल खेलाउनका लागि सुरक्षित अवस्था रहेमात्र खेल हुने बताए । यस्तै उनले खेलाडी कोच स्टाफ स्वास्थ्य पहिलो प्राथमिकत भएको पनि बताउका छन् ।

यसका लागि सरकार र मेडिकल एक्सपर्टहरुले नेतृत्व र सपोर्ट गर्ने उनले बताए  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment