Comments Add Comment

कोरोनाका कारण ३ लाख ७ हजारको मृत्यु, अमेरिकामा ८७ हजार

३ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण विश्वभर ३ लाख ७ हजार ४ सय ८६ जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार हालसम्म ४५ लाख ३८ हजार ४ सय ६ जना संक्रमित भएका छन् ।

सबैभन्दा धेरै अमेरिकामा १४ लाख ४२ हजार ८ सय १९ जना संक्रमित भएका छन् भने ८७ हजार ५ सय ३० जनाको मृत्यु भएको छ ।

त्यस्तै रसियामा २ लाख ६२ हजार ८ सय ४३ जना संक्रमित भएका छन् भने २ हजार ४ सय १८ जनाको मृत्यु भएको छ ।

बेलायतमा २ लाख ३८ हजार संक्रमित छन् भने मृतक संख्या ३४ हजार ७८ रहेको छ । स्पेनमा २ लाख ३० हजार १ सय ८३ संक्रमित छन् भने २७ हजार ४ सय ५९ जनाको मृत्यु भएको छ ।

इटलीमा संक्रमितको संख्या २ लाख २३ हजार पुगेको छ र मृतक संख्या ३१ हजार ६ सय १० पुगेको छ । ब्राजिलमा २ लाख १८ हजार २ सय २३ जना संक्रमित भएका छन् र १४ हजार ८ सय १७ जनाको मृत्यु भएको छ ।

फ्रान्समा १ लाख ७९ हजार ६ सय ३० जना संक्रमित भएका छन् र २७ हजार ५ सय ३२ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment