Comments Add Comment

मुस्फिरह रहमको ब्याट अफ्रिदीले २० हजार डलरमा किने

३ जेठ, काठमाडौं । पाकिस्तानी क्रिकेटर शाहीद अफ्रिदीले गलादेशी विकेटकिपर ब्याट्सम्यान मुस्फिकर रहिमको ब्याट किनेका छन् ।

रहिमले कोरोनाभाइरसविरुद्धको अभियानमा सहयोगका लागि आफ्नो ब्याट लिलामीमा राखेका थिए । अफ्रिदीले उक्त ब्याट २० हजार अमेरिकी डलरमा खरिद गरेका हुन्।

रहिमले सन् २०१३ मा श्रीलंकाविरुद्ध दोहोरो टेस्ट बनाउँदा खेलेका ब्याट लिलामीमा राखेका थिए ।

‘अफ्रिदीले मलाई सम्पर्क गरेका थिए । मैले उनलाई बिडको लिङ्क पठाएको थिएँ,’ रहमीले भनेका छन्, ‘१३ मेमा उनले मलाई पत्र पठाउँदै २० हजार अमेरिकी डलर अफर गरेका थिए । उनले त्यहीँ रकममा मेरो ब्याट किनेका हुन् ।’

अफ्रिदीले आफ्नो फाउन्डेसनमार्फत ब्याट किनेको बताएका छन् । अफ्रिदीले अहिले सबै कठिन समयमा रहेको र यो समयमा गरिबलाई सहयोग गर्नु आवश्यक रहेको बताए ।

मुस्फिकर रहिम ब्याट बेचेर कोरोना भाइरसका लागि फण्ड तयार पार्ने दोस्रो बंगलादेशी खेलाडी हुन् । यसअघि अलराउण्डर शकिल अल हसनले २०१९ विश्वकपमा प्रयोग गरेको ब्याट करिब २४ हजार अमेरिकी डलरमा लिलामी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment