+
+
Shares

देउवाले भने – लिपुलेकमा सरकारको प्रतिवद्धता सकारात्मक तर अपूर्ण

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ४ गते १२:१५
फाइल तस्वीर

४ जेठ, काठमाडौं । प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानीबारे सरकारको प्रतिवद्धता सकारात्मक तर अपूर्ण भएको बताएका छन् ।

सरकारले नीति तथा कार्यक्रममा लिम्पीयाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि भएको र यसलाई प्राप्त गर्न ठोस कूटनीतिक पहल गर्ने बताएको थियो । साथै छुटेको भूमि समावेश गरेर नयाँ नक्सा जारी गर्ने प्रतिवद्धता जनाएको थियो ।

आइतबार संसदमा बोल्दै नेपाली कांग्रेसका सभापति देउवाले सरकारी धारणा अपुरो भएको बताए ।

दुई छिमेकी भारत र चीनले सन् २०१५ मा गरेको सहमति अनुरुप भारतले नेपाली भूमिमा सडक बनाएको बताउँदै देउवाले भनेका छन्, ‘नेपाली भूभागमा भएको अतिक्रमण र सडक निर्माणबारे छिमेकी मुलुक मित्र राष्ट चीनसँग समेत उच्चस्तरमा सार्थक र परिणामीमुखी वार्ता गरी समस्याको समाधान गर्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?