+
+
Shares

सांसद अपहरण गरेको पुष्टि भए झुण्डिएर मर्न तयार छु : किसान श्रेष्ठ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ५ गते १४:३१
किसान श्रेष्ठ

५ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद कृष्णकुमार (किसान) श्रेष्ठले आफू र अर्का सांसद महेश बस्नेतमाथि लागेको सांसद अपहरण गरेको पुष्टि भए झुण्डिएर मर्न तयार रहेको बताएका छन् ।

सोमबार प्रतिनिधिसधभाको बैठकमा बोल्दै उनले आफुहरुलाई लगाइएको सांसद अपहरणको आरोपलाई प्रमाणित गरेर देखाउन पनि चुनौती दिए । ‘यहाँ सांसद अपहरणका कुराहरु आए । म लगायत माननीय महेश बस्नेतको चरित्र हत्या गर्ने जुन भयो’ उनले भने, ‘सम्पूर्ण माननीय जी हरुलाइ साछी राखेर भन्न चाहन्छु, अपहरणको आरोप लगाउनेहरुलाई चुनौती दिन चाहन्छु– यदि प्रमणित भयो भने सबै माननीयहरुको अगाडि म झुण्डिएर मर्न तयार छु ।’

समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराई आफ्ना पार्टीका सांसद सुरेन्द्र यादवको अपहरण गरेको श्रेष्ठ र बस्नेतविरुद्ध उजुरी दिएका थिए । तयसतर्फ लक्षित गर्दै श्रेष्ठले प्रतिनिधि सभा बैठकमा भने, ‘के हामीलाई आरोप लगाउने डाक्टरहरु पनि झुण्डिन तयार छन् ?’

सरकारले केही समय ल्याएको राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश ल्याएको थियो । त्यस लगत्तै प्रधानमन्त्रीकै निर्देशनमा नेकपाका सांसदहरु श्रेष्ठ, महेश बस्नेत र पूर्वप्रहरी प्रमुख सर्वेन्द्र खनालले सांसद सुरेन्द्र यादवलाई अपहरण गरेर समाजवादी पार्टी फुटाउन खोजेको आरोप लाग्दै आएको छ ।

यहि आरोप लिएर समाजवादीका नेताहरुले जिल्ला सरकारी वकिलको कार्यालयमा जाहेरी दिएका थिए ।

तर प्रहरीले मुद्दा चलाउनु नपर्ने निष्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?