Comments Add Comment

सर्लाहीका नयाँ संक्रमित : एकजना काठमाडौंमै, अर्का उदयपुरका बासिन्दा

६ जेठ, जनकपुरधाम । सर्लाहीमा फेला परेका थप दुईजना नयाँ कोरोना संक्रमितमध्ये एकजना काठमाडौंमै रहेको खुलेको छ । अर्का एकजना भने उदयपुर घर भई सर्लाहीमा कोठा लिएर बस्दै आएका व्यक्ति हुन् ।

३४ वर्षीय पुरुष सर्लाहीकै बागमती नगरपालिका-९ निवासी हुन् भने ३१ वर्षीय पुरुष उदयपुर घर भइ हरिवन नगरपालिकाको नयाँ सडकमा कोठा भाडा लिएर बस्दै आएका व्यक्ति हुन् ।

उदयपुर निवासी ३१ वर्षीय पुरुष आफैं केन्द्रीय प्रयोगशाला काठमाडौंको टेकुमा स्वाब दिएर पुनः सर्लाही आएको पाइएको छ । ‘उनी काठमाडौंमा स्वाब दिएर सर्लाही आएको देखिन्छ,’ प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले भने, ‘हामी उनलाई ट्रेसिङ्ग गर्दा उनी यहीँ भएको पाइएको छ ।’

संक्रमित देखिएका ती व्यक्ति गाडी चालह हुन् । उनलाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा लग्ने तयारी भइरहेको जिसीले बताए ।

यस्तै, बागमती नगरपालिका निवासी भनिएका व्यक्ति काठमाडौंमै बस्दै आएको उनले बताए । उनलाई काठमाडौंमै आइसोलेसनमा लग्ने तयारी भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment