+

रियल, वायर्न र इन्टर सम्मिलित युरोपियन सोलिडारिटी कप हुने

२०७७ जेठ  ७ गते ५:५० २०७७ जेठ ७ गते ५:५०
रियल, वायर्न र इन्टर सम्मिलित युरोपियन सोलिडारिटी कप हुने

७ जेठ, काठमाडौं । अर्को वर्ष युरोपका तीन ठूला क्लब रियल मड्रिड, वायर्न म्युनिख र इन्टरमिलान सम्मिलित युरोपियन सोलिडारिटी कप आयोजना हुने भएको छ ।

अहिले विश्वमा महामारी बनेर फैलिएको कोरोना भाइरस (कोभिड–१९) को पीडितका लागि रकम संकलन गर्न अर्को वर्ष ट्राई टुर्नामेन्ट फुटबल आयोजना हुन लागेको हो । युरोपका तीन क्लब ‘युरोपियन सोलिडारिटी कप– फुटबल फर हिरोज’ अर्को वर्ष आयोजना गर्न तयार भएका हुन् ।

युरोपका मानिसहरुमा एकता र भ्रातृत्वको सन्देश प्रवाह गर्न तीन क्लब सँगै खेल्न लागेको रियल मड्रिडले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ ।

सोलिडारिटी कप अन्तर्गत २०२१ मा युरोपको तीन शहरमा तीन फुटबल खेल हुनेछ । खेलको मिति भने फुटबल क्यालेन्डर र दर्शक खेलमा फर्कन सक्ने समय हेरेर तय गरिने जनाइएको छ ।

तीन टिमले एक आपसमा खेल्नेछन् भने एक शहरमा एक खेल हुनेछ ।

वायर्न म्युनिखले घरेलु मैदान एलिएन्ज एरेनामा रियल मड्रिडसँग खेल्नेछ ।  यस्तै रियलले घरेलु मैदान बर्नाबेउमा इन्टर मिलानसँग खेल्नेछ भने इन्टर मिलानले वायर्न म्युनिखसँग मिलानमा खेल्नेछ ।

तीन खेलबाट उठेको रकम इटली र स्पेनमा स्वास्थ्य सामाग्री किन्नका लागि खर्च गरिनेछ । कोभिड–१९ बाट युरोपमा इटली र स्पेन धेरै प्रभावित भएको देशमा अगाडि छ ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

वेबस्टोरिज

7 Stories
एमआरआई के हो, किन गरिन्छ ?

एमआरआई के हो, किन गरिन्छ ?

- अनलाइनखबर २०८१ असोज ११ गते १२:१०
6 Stories
६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

६ वर्षमुनिका बच्चालाई सिकाउनैपर्ने ६ कुरा

- अनलाइनखबर २०८१ असोज ११ गते ११:४०
6 Stories
धेरै सपना देख्नु राम्रो होइन, किन ?

धेरै सपना देख्नु राम्रो होइन, किन ?

- अनलाइनखबर २०८१ असोज १० गते १८:१६
7 Stories
तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

तपाईं ‘हाफ नेपाली’ हो ? भन्ने प्रश्नमा अदितीको यस्तो जवाफ

- अनलाइनखबर २०८१ असोज १० गते १७:५३
3 Stories
तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

तीन तरिका, कसरी चिन्ने शुद्ध मह ?

- अनलाइनखबर २०८१ असोज १० गते १७:३२