+
+
Shares

चीनभन्दा भारतबाट आएको भाइरस कडै हो त ?

मन्त्रालयका विज्ञ भन्छन्- हामीसँग पुरानै कोरोना पनि छ

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ७ गते २०:३२

७ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा सम्वोधन गर्ने क्रममा वुहान (चीन) बाट आएको भन्दा भारतबाट आएको भाइरस ‘कडा’ रहेको टिप्पणी गरे ।

प्रधानमन्त्री ओलीको यस्तो टिप्पणीलाई लिएर भारतीय मिडियाले समेत समाचार बनाएका छन् । एनडीटीभीले शीर्षक बनाएको छ, ‘नेपालका प्रधानमन्त्रीको हमला : भारतीय भाइरस चिनियाँ भन्दा बढी घातक देखिन्छ ।’

प्रधानमन्त्री ओलीले भारतीय भाइरसबारे संसदमा के भनेका थिए ?

ओलीले भनेका थिए, ‘वुहानबाट संक्रमण भएर आएको अलि नरम देखिएको थियो । इटालीबाट आएको पनि अलि नरमै देखिएको थियो । दुबईबाट आएको पनि अलि नरमै देखिएको थियो । तर, भारतबाट आएको चाहिँ अलि कडा भाइरस देखिएको छ ।’

मुुलुकको कार्यकारी प्रमुखले गरिमामय संसदमा उभिएर दिएको यो अभिव्यक्ति तथ्यहीन नै होला त ? वा प्रधानमन्त्रीले विज्ञहरुको निश्कर्षकै आधारमा भारतीय भाइरसलाई ‘कडा’ भनेका हुन् ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्की ठ्याक्कै भन्न नमिले पनि भारतबाट भित्रिएको कोरोना भाइरस युरोप र खाडी मुलुकको भन्दा जहरिलो भएको स्वीकार्छन् ।

‘हामीकहाँ अहिले हेर्दाखेरि ठ्याक्कै भन्न त नमिल्ने तर दुईखालको ट्रेन्डमा भाइरस आएको जस्तो देखियो- एउटाचाहिँ पुरानो आइराखेको थियो, हल्का लक्षणहरु विकसित गर्नेखालको’ डा. कार्की भन्छन्, ‘पछिल्लो दिनमा जुन भाइरस आएको छ, त्योचाहिँ अलि बढी भाइरल लोडेड हो कि ?’

डा. कार्की थप्छन्, ‘मुम्बईको भागबाट आएको भाइरसचाहिँ अलि बढी भाइरल लोडेड हो कि ? एउटा शंकाचाहिँ यसले दिएको छ हामीलाई । किनभने, त्यहाँबाट आउने व्यक्तिहरुमा अलि बढी लक्षणहरु देखिएको छ, युरोप र अरबको तुलानामा ।

तर, यो विषयलाई वैज्ञानिक हिसाबले तोकेरै चाहिँ भन्न नसकिने विज्ञ सल्लाहकार कार्कीको भनाइ छ । डा. कार्की भन्छन्,’तोकेरै ठ्याक्कै यो साइन्टीफिकल्ली भन्न नमिले पनि सांकेतिकरुपमा त्यस्तो देखिएको चाहिँ छ ।’

‘हामीसँग पुरानो कोरोना पनि छ, अहिले बाहिरबाट आयो’

स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. कार्की हामीकहाँ पुरानै ह्युमन कोरोना भाइरस पनि रहेको र अहिले बाहिरबाट आएको बताउँछन् ।

उनी भन्छन्, ‘हामीसँग यहाँ कोरोना भाइरस छ । ह्युमन कोरोना भाइरस भनेर चारवटा त्यसमा पि्रभेल गर्छ । बच्चाहरुको निमोनियाका लागि कन्ट्रिब्युटिङ एउटाचाहिँ एजेन्ट नै हो । विश्वमा ६ महिनासम्मका बच्चाहरुमा गरिएको एक अध्ययनमा २५६ प्रति हजार निमोनियाको केसमा यो एचसीओबी देखिएको छ ।’

डा कार्की अगाडि थप्छन् ‘भनेपछि पुरानो कोरोना पनि हामीसँग छ, यो त नयाँ कोराना हो । यो नयाँ कारोना बाहिरबाट आएको हुनाले बाहिरबाट आएको कुनै पनि केस देखिनेवित्तिकै हाम्रो दोस्रो रणनीति भनेको त्यो केसलाई आइसोलेट गर्ने नै हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?