
८ जेठ, काठमाडौं । ट्युनिसिया निधन भएका नेपाली सेनाका एक अधिकृतकाे शव लिन विमान पठाइएकाे छ । शान्ति सेनामा खटिएका बेला ट्यूनिसियामा ज्यान गुमाएका सैन्य अधिकारीलाई लिएर जहाज शुक्रबार काठमाडौं आइपुग्ने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।
श्री एयरलाइन्सको सीआरजे बम्बाडियर जहाज बिहीबार बिहान ट्युनिसियाका लागि उडेको हाे ।
शान्ति सेनामा खटिएका सैनिकहरुको मृत शरीर स्वदेश फर्काउन संयुक्त राष्ट्रसंघले नै समन्वय गरिरहेको छ । लकडाउनकै बीचमा यसअघि अर्का सैनिक अधिकृतको शव लिन श्री एयरलाइन्सकै जहाज सुडान गएको थियो ।
श्री एयरलाइन्सले लामो समयदेखि शान्ती मिसनमा नेपाली सैनिकसँग मिलेर काम गरिरहेको छ । उक्त कम्पनीका हेलिकोप्टर शान्ती मिसनमा प्रयोग भइरहेका थिए ।
विमानस्थल कार्यालयका अनुसार ट्यूनिसिया पुग्न यो जहाजले भारत, पाकिस्तान, ओमान, साउदी अरेबीया, इजिप्ट र लिवियाको आकास प्रयोग गर्नेछ ।
प्रतिक्रिया 4