+
+
Shares

रेमिटमा मेटिएको म

रञ्जु दर्शना रञ्जु दर्शना
२०७७ जेठ ९ गते १३:३३

भय, आतङ्क वारपार
भोकको मार
जागिरको खोजी
भेटियो हरियो पासपोर्ट
विदेशको यात्रा
अनिश्चित गन्तव्य
हर महिना
देशमा रेमिट्यान्स
परिवारमा ‘अर्थ’

मेरा धेरै साथी
बाकसमा फिर्ता
उनको घरमा शोक
बढेको भोक र,
उनका छोरा-छोरी
जागिरको खोजीमा
भेट फेरी हरियो पासपोर्टसँग
मेरो मन झस्किन्छ!

म मरेँ भने ?
मेराहरु बाँच्लान्?
यतै आउलान् जागिर खोज्दै
उमेर बेच्न, पैसा कमाउन
सोचमा हराउँछु
घडीले भेटाउँछ
नयाँ बिहानी सुरु
पुरानो काम सुरु
महिना दिन पछि
तलब बुझ
आफ्नो अस्तित्व पठाउ
अर्थतन्त्र टेकाउ
परिवार चलाउ

हरेक जनता
देशको जिम्मेवारी
तर, उ गरीब
बोक्न सक्दैन भारी
म विदेशमै
युवा जवानी…

मन मानी-नमानी
२,४,६,८,१०,…२० वर्ष
म बाहिर,
मेरो परिवार देश भित्र
बाँच्दै, पढ्दै
भोट हाल्दै
जिताउँदै ! आफू हार्दै
म फोन गर्छु
सुन्छु, भन्छु
देशको कथा
मेरो व्यथा!

आज,
संसार बन्द
काम, पैसा बन्द
र म ?
विदेशमा बन्दि
आउन पाउँदिन
लेराउने कुरा गर्दैनन्
रेमिट्यान्स पठाउ
बाटो खोल्छौँ
तिमि नआउ
बाटो छैन!
म यो देशको
एउटा अङ्क
मानिस/नागरिक होईन
बस्!
एउटा अङ्क
र, मृत्यु पछि
सुचाङ्क ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?