+
+

जापानले हटायो आपतकाल

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ १२ गते १८:२३

१२ वैशाख, काठमाडौं । जापानले कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणको लागि लगाइएको आपतकाल मुलुकभरबाट हटाएको छ । जापानी प्रधानमन्त्री सिन्जो आबेले सोमबार मुलुकभर आपतकालीन अवस्था हटाउने निर्णय गरेका हुन् । उनले सोमबार जापानको टोकियो र अन्य चार प्रान्तमा लगाइएको आपतकाल हटाउने निर्णय गरेका हुन् ।

जापानी प्रधानमन्त्रीले जापानले कोरोना भाइरसको महामारीलाई करिब नियन्त्रणमा लिएको बताए । मुलुकमा लगाइएको आपतकाल हटेसँगै मुलुकको आर्थिक गतिविधिमा पनि सुधार आउन सक्ने अनुमान गरिएको छ । जापानमा करिब साढे एक महिनापछि आपतकाल हटाइएको हो ।

यसअघि जापानका परामर्शदाताले पछिल्लो समय जापानमा नयाँ संक्रमितको संख्यामा कमी आएसँगै मुलुकमा लगाइएको आपतकाल हटाउन सुझाव दिएका थिए । सोही सुझावको आधारमा प्रधानमन्त्री आबेले यस्तो निर्णय गरेका हुन् ।

अहिलेसम्म जापानमा १६ हजार ५५० कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् भने यो भाइरसबाट मृत्यु हुनेको संख्या पनि ८२० पुगिसकेको छ । केहीले भने जापानमा आपतकाल हटाउँदा मुलुकमा कोरोना भाइरस महामारीको दोस्रो लहर फैलिने खतरा रहेको बताएका छन् ।

स्रोत : क्योडो न्युज

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?