Comments Add Comment
भारत–चीन सीमा विवाद :

‘चीनलाई बुझेर सही निर्णय गर्नु भारतको हितमा हुनेछ’

सीमानाको शान्तिका लागि भारत पश्चिमा मुलुकबाट बच्नुपर्छ

( पछिल्लो समय नेपाल र भारतवीचमा सीमा विवाद चर्किएजस्तै चीन र भारतबा वीचमा पनि सीमानामा तनाव देखा परेको छ । भारतले कालापानीमा सैन्य अखडा राखेको विषयलाई लिएर नेपाल–भारतवीच विवाद हुँदै आएको छ भने भारत र चीनको सिमानामा अवस्थित गाल्वान भ्याली क्षेत्रमा पनि दुईदेशीय विवाद चर्किएको छ । भारत र चीनको सीमा विवादमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि चासो देखाउन थालेपछि चिनियाँहरु आक्रोशित देखिएका छन् । यसै सन्दर्भमा हामीले बेइजिङ फरेन स्टडिजको एकेडेमी अफ रिजनल एण्ड ग्लोबल गभर्नेन्सका वरिष्ठ शोधकर्ता तथा छेन्दु इन्स्टिच्युट अफ वर्ल्ड अफेयर्सका अध्यक्ष लेखक लङ सिङचुनले ग्लोबल टाइम्समा लेखेको यो लेख सान्दर्भिक हुने ठानेर यहाँ प्रकाशित गरेका छौं ।)

पछिल्लो केही दिनयता भारतले चीनसँगको सीमा पार गर्दै गाल्वान भ्याली क्षेत्रमा अवैधरुपमा रक्षा संरचना निर्माण गरेको छ । भारतको गरेको यस किसिमको हर्कतप्रति सीमा सुरक्षामा खटिएका चिनियाँ सुरक्षाकर्मीसँग अरु कुनै विकल्प थिएन, त्यसैले उनीहरुले त्यसको विरोध गरे । जसका कारण यो क्षेत्रमा धक्का मार्ने र झडप पनि हुन पुग्यो ।

चीन र भारतको बीचमा दुवै पक्षले मानेको कुनै पनि वास्तविक सीमा छैन । पछिल्लो समय सीमा क्षेत्रमा संरचना निर्माणको कामले गति लिनुले सीमा विवादको आगोमा घिउ थप्ने काम गरेको छ । जसको कारण बारम्बार सीमाक्षेत्रमा दुई पक्षका सैनिकहरुको बीचमा तनाव उत्पन्न हुँदै आएको छ ।

अहिलेसम्मको अवस्थामा यस किसिमको विवाद दुवै पक्षको समझदारीको आधारमा सुल्झाइँदै आएको छ । यस्ता केही घटनाहरु मात्र सञ्चार माध्यममा आउने गरेका छन् । तर, त्यसले मानिसहरुको ध्यानाकर्षण गरेको छ ।

यसअघिको तनावभन्दा यसपटकको अवस्था भने भिन्न प्रकृतिको छ । यसपटकको सीमा विवाद कुनै दुर्घटना होइ्न, यो भारतले योजनावद्धरुपमा चालेको चाल हो । भारतलाई गल्वान उपत्यका चीनको हो भन्ने राम्रोसँग थाहा छ । तर, सञ्चारमाध्यमहरुको प्रतिवेदनअनुसार मे महिनाको शुरुदेखि नै भारतले गल्वान उपत्यका क्षेत्रको सीमा पार गर्दै आइरहेको छ ।

भारतीय सैनिकहरु जानाजान चिनियाँ सैनिकसँग टकरावमा उत्रिने गरेका छन् । यदि भारतले अहिले गर्दै आएको गतिविधिलाई रोक्न नसके यसले आगामी दिनमा भारतको चीनसँगको सम्बन्धमा पनि असर पार्न सक्छ । साथै यो मुद्दा बढ्दै गएर यसअघि देखिएको दोक्लामको विवादभन्दा ठूलो रुप पनि लिन सक्छ ।

सन् २०१७ को गर्मीयाममा दोक्लाममा देखिएको तनावका कारण चीन र भारतको सम्बन्ध बिग्रिएको थियो । यद्यपि दुई सरकारको प्रायासले यो मुद्दाको समाधान भएको थियो । विशेष गरी सन् २०१८ को अप्रिल र २०१९ को अक्टोबरमा दुई मुलुकका शीर्षनेताहरुको बीचमा भएको बैठकले दुवै मुलुकको बीचमा विश्वासको वातावरण बनेको हो ।

केही भारतीय कोरोना भाइरस (कोभिड–१९) को महामारीको बीचमा सुस्ताउँदो चिनियाँ अर्थतन्त्र र केही पश्चिमा मुलुकहरुले चीनमाथि आरोप लगाइरहेको अवस्थामा सीमा विवाद निकाल्दै यसको फाइदा लिनुपर्ने बुझाइमा छन् ।

यो बुझाइ भारत सरकारको केही सर्कल र सेनामा पनि देखिन्छ । यद्यपि यो काल्पनिक ‘माइन्ड गेम’ अन्तर्राष्ट्रिय प्रणाली र चीनको राष्ट्रिय अवस्थाबारे गरिएको गलत अनुमानमा आधारित छ । चीनको बारेमा भारतले गरेको तर्कहरु त्रुटिपूर्ण छन् र भारतको लागि हानिकारक पनि छन् ।

चीन सबैभन्दा पहिला प्रभावकारीरुपमा कोरोना भाइरसबाट पार पाउने मुलुक बनेको छ । अहिले चीनमा व्यावसायिक क्षेत्र र मानिसहरु सामान्य अवस्थामा फर्किन थालेका छन् । यसले चीन सरकारको उत्कृष्ट नेतृत्व र बलियो सामाजिक एकतालाई पनि देखाएको छ ।

यसैबीच भारतमा भने कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चीनको भन्दा धेरै पुगिसकेको छ । साथै भारतमा अझै निरन्तर कोरोना भाइरसका संक्रमित बढ्दो क्रममा छन् । यस्तो अवस्थामा भारतको प्राथमिकता सीमा विवादमा लाग्नुभन्दा पनि महामारी नियन्त्रण र अर्थतन्त्रलाई पुरानै अवस्थामा ल्याउनु हुनुपर्ने थियो ।

सञ्चार माध्यमहरुले अमेरिकाको स्वार्थ अनुसार चीनले विश्वव्यापी प्रतिबन्धको सामना गरिरहेको छ भन्ने भ्रम पैदा गरिरहेका छन् । अहिलेको अन्तर्राष्ट्रिय अवस्था भारतले चीनबाट फाइदा लिन सक्ने किसिमको छैन । भारत र अन्य मुलुकका केही मानिसमा अन्तर्राष्ट्रिय समुदाय भनेको अमेरिका हो भन्ने छाप छ । उनीहरुलाई अमेरिकासँग विवाद रहेको मुलुकले विश्वव्यापी प्रतिबन्धको सामना गर्नुपर्छ भन्ने बुझाइ छ ।

केही भारतीय सञ्चारमाध्यमको प्रतिवेदन र सामाजिक संस्थाहरुको आवाजमा ट्रम्प प्रशासनको धारणाको झल्को देखिन्छ । यद्यपि भारत सरकारले अमेरिकाले अमेरिकाले चालेको कदमको प्रभावमा नपरी शान्त रहनु जरुरी हुन्छ ।

गत मे १८ र १९ मा भएको विश्व स्वास्थ्य सम्मेलनले चीन नभई अमेरिकालाई अन्तर्राष्ट्रिय समुदायले ‘आइसोलेट’ गरिरहेको देखाइसकेको छ ।

चीनको अमेरिकासँगको सम्बन्ध तनावग्रस्त भए पनि चीनको अन्तर्राष्ट्रिय वातावरण सन् १९६२ को भन्दा निकै राम्रो छ । जतिबेला भारतले चीनसँगको सीमायुद्ध शुरु गरेको थियो र पराजयको सामना गरेको थियो । अहिलेको अवस्थामा हेर्ने हो भने चीनको अर्थतन्त्र पनि भारतको भन्दा पाँच गुणा बढी छ ।

सामान्यतया अमेरिकाका सहयोगी मुलुकले पनि उसको चीनविरोधी नीतिको पालना गर्दैनन् । अमेरिका पक्षधर भारतीयहरु पनि अहिले ट्रम्प प्रशासनको विश्वास गर्दैनन् । किनकि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सधैं ‘सबैभन्दा पहिला अमेरिका’ भन्ने नीति लिएका छन् । जुन उनीहरुको हितमा छैन । साथै ट्रम्प प्रशासनले भारतलाई चीनविरुद्ध उक्साइरहेका छन् । जसको कारण आगामी दिनमा चीन–भारत विवादको फाइदा लिने दाउ अमेरिकाको छ ।

चीनलाई जतिधेरै अन्तर्राष्ट्रिय दबाब आउँछ, त्यति नै धेरै यो मुलुक एकताबद्ध हुने गरेको छ । भारत सरकार, सेना, विद्वान् वर्ग र सञ्चारमाध्यमले आफ्नो बुझाइ सुधार्ने र चीनबारे खोज गर्ने आशा गर्ने आशा गरौँ ।

प्राचीन सभ्यताको जस्तै भारत अमेरिकाको प्रभावमा आएर उसको आँखाले भन्दा पनि आफैँ सोचेर आवश्यक कदम चाल्न सक्षम छ । वास्तविक चीनलाई बुझेर यसका आधारमा सही निर्णय गर्नु भारतको हितमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment