Comments Add Comment

चीनले लिपुलेक सहमती सच्याउनुपर्छः नारायणकाजी

फाइल तस्वीर

२० जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले लिपुलेक प्रयोगबारे चीन र भारतबीच भएको सहमती सच्याउनु पर्ने माग गरेका छन् ।

‘चीन र भारतबीच लिपुलेकको बारेमा भएको सम्झौताले नेपालको सार्वभौमिकता र अखण्डताको सम्मान गर्दैन, बरु अतिक्रमित गर्ने प्रवृत्तिलाई नै बल पुर्याउँछ,’ मंगलबार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै श्रेष्ठले भने, ‘चीनलाई त्यो सहमतीको बारेमा आत्मसमीक्षा गर्न, त्यसबारे आफ्नोस्थिति स्पष्ट पार्न र सच्याउनका लागि विशेष अपिल गर्न चाहन्छु ।’

१ जेठ २०७२ मा चिनियाँ प्रधानमन्त्री ली खस्याङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच लिपुलेक नाकालाई व्यापारिक तथा तीर्थयात्री आवतजावत गर्ने केन्द्र बनाउने सहमती भएको थियो ।

सार्वभौम मुलुक नेपालको भूभाग प्रयोगबारे दुई छिमेकीले एकतर्फी सहमती गरेयता त्यसको व्यापक विरोध हुँदै आएको छ ।

यो पनि पढ्नुहोस भारतसँगका असमान सन्धि–सम्झौता खारेज गरौं : नेकपा प्रवक्ता श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment