Comments Add Comment

दीपक बिष्टको प्रश्न : बजेटमा खेलकुदलाई किन हेला ?

२० जेठ, काठमाडौं । नेपालका कीर्तिमानी खेलाडी दीपक विष्टले बजेटमा खेलकुदलाई हेला भएको भन्दै गुनासो गरेका छन् ।

दक्षिण एसियाली खेलकुदमा लगातार चार संस्करणमा स्वर्ण पदक जितेका विष्टले सरकारले खेलकुद क्षेत्रलाई बजेटको प्राथमिकतामा नराखेको टिप्पणी गरेछन् ।

सरकारले गत बिहीबार सार्वजनिक गरेको आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ३६ करोड विनियोजन गरेको छ । अघिल्लो बजेटभन्दा यसपटक खेलकुदमा उक अर्ब ६३ कम हो ।

विष्टले सामाजिक सञ्जाल फेसबुकमा मंगलबार आफ्नो धाणा राख्दै खेलकुदमा लगानी गर्ने कुरा सरकारी तहबाट सैद्धान्तिक मात्रै भएको बताएका छन् ।

राष्ट्रिय गौरव बढाउने, देशलाई अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित बनाउन मद्दत गर्ने, अनुशासित बनाउने, स्वस्थ र हरेक रोगसँग लडन सक्षम बनाउने, जिम्मेवार नागरिक तयार पार्ने, जात-जातीय सद्भाव एकता गर्ने, विपक्षीलाई आदर गर्न सिकाउने एकमात्र क्षेत्र खेल भएको भन्दै उनले खेल क्षेत्रलाई सरकारले बजेट छुट्टाउने सवालमा किन महत्व दिदैन ? भन्दै बिष्टले प्रश्न गरेका छन् ।

उनले लेखेका छन्- खेलकुदमा गरिएको लगानी खेर जाँदैन भन्ने थुप्रै उदाहरणहरू हामीसँग छन् । गत वर्ष स्वदेशमै आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) मा खेलाडीले प्राप्त गरेको सफलतालाई हेर्दा पुग्छ । सरकारले खेलकुदलाई सैद्धान्तिक रुपमा मात्र होइन बजेटमा पनि प्राथमिकता राखोस् भन्ने आग्रह गर्न चाहन्छु ।

खेल खेलाडीको लागि मात्रै नभई सबैका लागि भएको भन्दै उनले खेल संस्कृतिको आवश्यकता रहेको उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment