+
+
Shares

प्रसूति गृहमा उपचाररत गर्भवतीमा कोरोना संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २० गते १८:०१

२० जेठ, काठमाडौं । काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा उपचाररत २२ वर्षकी  महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।

धादिङ स्थायी ठेगाना भएकी उनी ३८ हप्ताको गर्भवती रहेको अस्पतालले जनाएको छ । ६ दिनअघि ज्वरो आएर अस्पताल भर्ना भएकी महिलालाई कोरोना पुष्टि भएको हो ।

उनी पिसाबमा संक्रमण देखिएर अस्पतालमा भर्ना भएकी थिइन् ।

‘स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्ज गर्न खोज्दा गर्भवतीले घाँटी पनि दुख्न थालेको बताएपछि कोरोनाको शंकामा पीसीआर परीक्षण गरिएको थियो आज संक्रमण पुष्टि भयो’ अस्पतालका निर्देशक प्रा.डा जागेश्वर गौतमले भने, ‘ज्वरो आएको बिरामी भएकाले हामीले पूर्ण सावधानी अपनाई उहाँलाई छुट्टै कक्षमा राखी उपचार गरेका थियौं ।’

गर्भवतीको सम्पर्कमा आएका चिकित्सक,नर्सलगायत स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङ सुरु भइसकेको समेत उनले बताए । ती महिलालाई कोभिड अस्पताल पठाउने की यही उपचार गर्ने भन्ने विषयमा छलफल भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?