+
+
Shares

प्रकाशको वृत्तचित्रमा ‘थमिनी बढेमा’को जीवन

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २२ गते ९:०८

कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरीले ‘मैले देखेको कथा’ नामक वृत्तचित्र तयार पारेका छन् । खोटाङ जिल्ला, हलेसी तुवाचुङ्ग नगरपालिकाको बिजुलेबाट पुगेर उनले यो वृत्तचित्र तयार पारेका हुन् । जिन्दगीभरि गरिबीको चपेटामा रहेका र समाजबाट सधैं अवहेलित भएकी ८५ वर्षीया वृद्धा थमिनी बढेमाको कथालाई उनले वृत्तचित्रमा उतारेका छन् ।

प्रकाशले तयार पारेको योे डकुमेन्ट्रीमा समाजबाट सदियौंदेखि छुवाछुतको भेदभाव भइरहेको, गाउँभरिको एक मात्र दलित तथा विपन्न परिवारकी ८५ वर्षीया आमा थमिनी बडेमाको जीवन, भोगाइ र अनुभवहरू समेटिएको छ।

‘मैले देखेको कथा’ को ‘थमिनी बढेमा’मा देखाइएअनुसार, थमिनी बढेमा १० जना सन्तानकी आमा हुन्। उनका ८ जना बच्चा मरेर गए, दुई जना बेपत्ता छन् । उनी अहिले सन्तानविहीन छिन् । उनको आफ्नो नामको जग्गा र घर छैन । गाउँभरि भएको सुविधा धारा, बिजुली बत्ती, सडक उनको एउटा घरमा मात्रै छैन। उनी सरकारले दिने वृद्धभत्ताको आडमा जीवनयापन गरिरहेकी छिन् ।

डोको र नाम्लोमा जिन्दगी बिताएकी छिन् । उनीसँग अब उमेर छैन, सन्तान छैनन्, सम्पत्ति छैन, संसार देखेकी छैनन् तर पनि उनलाई कुनै गुनासो छैन । प्रकाशले २० मिनेट लामो वृत्तचित्रमा उनको यस्तै भोगाइ पस्केका छन् । प्रकाशले गाउँमा बसिरहँदा मोबाइलबाट खिचेर यो भिडियो तयार पारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?