
२३ जेठ, काठमाडौं । पछिल्लो एक महिनाको अवधिमा १५ वटा उद्योगमा दुई अर्ब ७४ करोड ९० लाख रुपैयाँ बराबरको लगानी भित्रिएको छ।
११ वटा विभिन्न उद्योगमा ९२ करोड ७० लाख विदेशी र चार वटा नयाँ उद्योगमा एक अर्ब ८२ करोड २० लाख स्वदेशी लगानी भित्रिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता प्रकाश दाहालले जानकारी दिए ।
यस अवधिमा विभिन्न सात उद्योगमा ७२ करोड ७० लाख बराबरको लगानी चीनबाट भित्रिएको छ भने भारत, दक्षिण कोरिया, नेदरल्याण्ड र मलेसियाबाट पाँच/पाँच करोडको लगानी भित्रिएको मन्त्रालयले जनाएको छ ।
ग्लोबल इनर्जी सोलार प्रालिले ७९ करोड र नेपाल सेरामिक्समा ६६ करोड २० लाख रुपैयाँ लगानी स्वीकृत भएको उद्योग विभागले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4