+
+
Shares

जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालिसहित ३ उद्योगलाई साढे ४ लाख जरिबाना

अनुगमन क्रममा काठमाडौं महानगरपालिका–१ को जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालि र आईएसएस स्मार्ट प्रालिलाई समान २–२ लाख रुपैयाँ जरिबाना तिराइएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २१ गते १९:५०
प्रतीकात्मक तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ३ उद्योगलाई ४ लाख ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ।
  • अनुगमन क्रममा दुई उद्योगले इलेक्ट्रिक उत्पादनमा हेरफेर गरेको पाइएपछि कारबाही गरिएको हो।

२१ जेठ, काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार ३ उद्योग तथा फर्मलाई ४ लाख ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ । विभागको अनुगमन टोलीले नियमित अनुगमन अन्तर्गत सोमबार १५ उद्योग तथा फर्म अनुगमन गरेको थियो ।

अनुगमन क्रममा काठमाडौं महानगरपालिका–१ को जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालि र आईएसएस स्मार्ट प्रालिलाई समान २–२ लाख रुपैयाँ जरिबाना तिराइएको हो ।

यी दुई उद्योग तथा फर्मले आफ्ना इलेक्ट्रिक उत्पादनमा रिलेबलिङ गरेको, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुर र सोही ऐनको दफा ३९ को १ (ख) बमोजिम कारबाही गरिएको विभागले जनाएको छ ।

यस्तै विभागले टोखा नगरपालिका–१० को रोयल वाच कलेक्सन प्रालिलाई ५१ हजार रुपैयाँ जरिबाना तिराएको छ । रोयल वाच कलेक्सनले दर्ता प्रमाणपत्र र मूल्यसूची नराखेको पाइएपछि जरिबाना तिराइएको विभागको भनाइ छ ।

यसैगरी विभागको अनुगमन टोलीले अनुगमन गरेका अन्य उद्योग तथा फर्मलाई सामान्यदेखि व्यवसायसँग सम्बन्धित कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।

पछिल्लो समय विभागले बजार पारदर्शी बनाउन र उपभोक्तालाई ठगिनबाट जोगाउन एमआरपी सहितको लेबलले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै बजार अनुगमन तीव्र बनाएको छ ।

अनुगमनमा विभागले दैनिक रूपमा एमआरपी लेबल नलगाउने र आफ्ना उत्पादनमा रिलेबलिङ गर्ने, गुणस्तर, परिमाण, मूल्य र नापतौलमा हेरफेर गर्ने उद्योगी–व्यवसायीलाई २ लाखदेखि ३ लाख रुपैयाँसम्म जरिबाना तिराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?