+
+
Shares

नबिल बैंकको ‘नबिल जेन एन एकाउन्ट’

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २५ गते १२:२१

२५ जेठ, काठमाडौं । नबिल बैंकले विद्युतीय प्रणालीलाई प्रोत्साहन गर्दै ‘नबिल जेन-एन एकाउन्ट’ सञ्चालनमा ल्याएको छ ।

‘नबिल जेन-एन एकाउन्ट’ ग्राहकको माझ सहज तथा सरल बैंकिङको अनुभुती गराउने उदेश्यले आफ्नै घरमा बसेर खाता खोल्न सकिने, आकषिर्त ब्याज  सहितको सुविधा सम्पन्न बचत खाता हो ।
यसमा थुप्रै प्रविधिमैत्री सेवाहरु जस्तै मोवाइल बैंकिङ, भाईबर बैंकिङ, अनलाइन कारोबार र डेबिट कार्ड, क्रेडिट कार्ड, एनटीसी एनसेल २ जिबी डाटा प्याक निःशुल्क जारी गरिएको छ ।

समुदायमा घातक रोगहरुको प्रभाव दिन प्रतिदिन बढ्दो क्रममा रहेको तथा तिनको उपचारार्थ अत्याधिक व्यय भार हुने कुरालाई ध्यानमा राख्दै यस्तो घातक रोग लागेको अवस्थामा उपचारको क्रममा नै केहि आर्थिक सहयोग समयमै पुर्‍याउने उदेश्यका साथ आफ्ना बचतकर्ताको सुरक्षण सहित नबिल बैंकले १३ प्राणघातक रोगहरु तथा दुर्घटना बिमा सुविधा समेत प्रदान गर्ने बताएको छ ।

‘नबिल जेन-एन एकाउन्ट’ नयाँ सोच र नयाँ जोस बोकेका प्रबिधिमैत्री व्यक्तिहरुलाई लक्षित गरिएको छ । १८ बर्ष माथिका नेपाली नागरिकले उक्त खाता खोलि यसको लाभ लिई ढुक्क हुन सक्नेछन । यो योजनाले डिजिटल बैंकिङ्गमा नयाँ युगको सुरुवात गर्नेमा नबिल बैंक बिश्वस्त छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?