
२६ जेठ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले जनता समाजवादी पार्टी (जसपा)का वरिष्ठ नेता डा. बाबुराम भट्टराईको प्रशंसा गरेका छन् ।
जसपा दर्ताको क्रममा चौथो वरियतामा पुगेको विषयमा टिकाटिप्पणी भइरहेका बेला थापाले भट्टराईको पक्षमा ट्विट गरेका हुन् ।
पूर्व प्रधानमन्त्री भट्टराईको स्थान लामो राजनीतिक संघर्षले स्थापित गरिसकेको थापाको बुझाइ छ ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘वरियताका विषयमा डा. भट्टराईलाई केहीले खिसी गरेको पढें । बाबुरामजीसँग धेरै विषयमा मेरो मतभेद छ तर उहाँको वरियता/राजनीतिक उचाइ निर्वाचन आयोगमा पेश भएको कागजले गर्दैन । लामो राजनीतिक यात्रा/संघर्षले समाजमा उहाँको स्थान कायम भैसकेको छ । एकता गर्दा नाम तल राख्न मानेर बरु उहाँको उचाइ अझै बढेको देखिन्छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4