Comments Add Comment

ट्यांकरमा लुकाएर मदिरा तस्करी

२८ जेठ, वीरगञ्ज । लकडाउनको समयमा तेलको ट्यांकरमा राखेर विभिन्न ब्राण्डका रक्सी तस्करी हुने गरेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय, पर्साले ना २ ख ७३७५ नम्बरको ट्यांकरबाट विभिन्न ब्राण्डका रक्सी बरामद गरेसँगै लकडाउनमा रक्सी तस्करीका लागि प्रयोग भएको नयाँ शैलीबारे खुलेको हो ।

प्रहरीका अनुसार विशेष सूचनाका आधारमा खटिएको टोलीले बुधबार वीरगञ्ज–१६, रजत जयन्ती चोकबाट उक्त ट्यांकरलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले अनुसन्धानका लागि ट्यांकर चालक मकवानपुरका सन्दिप थिङ र सह–चालक राधे बुढाथोकीलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ ।

ट्यांकरबाट गोल्डेन ओक ४८, नेपाल आइस वियर २४, सिग्नेचर ३३ र ८८४८ भोड्का २८ पिस बरामद भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment