+

बायर्न म्युनिख जर्मन कपको फाइनलमा

२०७७ जेठ  २९ गते ८:१४ २०७७ जेठ २९ गते ८:१४
बायर्न म्युनिख जर्मन कपको फाइनलमा

२९ जेठ काठमाडौं । बार्यन म्यनुिख जर्मन कप फुटबल डिएफबी पोकपको फाइनलमा प्रवेश गरेको छ । गएराति भएको दोस्रो सेमिफाइनलमा बुण्डसलिगाकै क्लब एनट्राट फ्राङ्कफुर्टलाई २-१ दे पाजित गर्दै लिग लिडर बायर्न उपाधि नजिक पुगेको हो ।

बायर्नले अब उपाधिका लागि जुलाई ४ मा बर्लिनमाको ओलम्पिक स्टेडियममा हुने खेलमा बायर लेभरकुजनसंग प्रतिस्पर्धा गर्नेछ । लेभरकुजनले पहिलो सेमिफाइनलमा सारब्रुकेनलाई पराजित गरेको थियो ।

घरेलु मैदानमा भएको खेलमा बायर्नका लागि इभान पेरिसिक र रोवर्टो लेवान्डवस्कीले गोल गरे ।

खेलको १४औं मिेटमा पेरिसिकले गोल गर्दै घरेलु टोली बायर्नलाई अग्ता दिलाएका थिए । पहिलो हाफमा बायर्नले १-० को अग्रता कायमै राख्यो । ६९औं मिनेटमा ड्यानी डा कवस्टाले फ्राङ्कफुर्टका लागि बराबरी गोल फर्काएका थिए । तर पाँच िनेटपछि नै लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई २-१ को अग्रता दिलाए ।

जर्मन कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय