+
+

प्युठान कारागारमा एक कैदीको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ २९ गते ९:४८

२९ जेठ, बुटवल । जिल्ला कारागार प्युठानमा रहेका एक कैदीको मृत्यु भएको छ ।

कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका स्वर्गद्वारी नगरपालिका–३ का ६९ वर्षीय खगिराम रामजाली घर्तिमगरको उपचारका क्रममा मृत्यु भएको हो ।

एक्कासि मुटु दुख्ने समस्या देखिएपछि उनलाई जिल्ला कारागार खलंगाबाट उपचारका लागि बुधबार जिल्ला अस्पताल बिजुवार पठाइएको थियो ।

रामजालीको उपचारकै क्रममा गएराति १० बजे अस्पतालमै मृत्यु भएको कारागारका प्रमुख सुर्यबहादुर पन्तले बताए ।

उनलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतले १५ वर्ष कैद सजाय सुनाएको थियो । उनी २०७२ साउन १७ गते गतेदेखि कारागारमा थिए ।

रामजालीको शब पोष्टमार्टम पश्चात् आफन्तको जिम्मा लगाइने कारागारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?