+
+

कोरोनाको अवस्थाबारे बुझ्न मन्त्रीसहितको टोली सुदूरपश्चिममा

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३० गते ७:२०

३० जेठ कैलाली । सुदूरपश्चिममा कोरोना परीक्षण र उपचार प्रभावकारी बनाउन भन्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट सुदूरपश्चिम आएका छन् ।

मन्त्री भट्टको नेतृत्वमा उद्योग सचिव चन्द्र कुमार घिमिरे, राष्ट्रिय योजना आयोगका सदस्य सुशील भट्ट, लघु, घरेलु तथा साना उद्यमीहरूको प्रवर्द्धनमा सहकार्य गर्दै आएको युएनडिपीका प्रतिनिधिहरू सहितको एक उच्चस्तरीय टोली बिहीबार कैलालीको धनगढी आइपुगेको हो ।

प्रदेशमा कोरोना संक्रमितहरुको संख्या बढिरहे पनि परीक्षणको दायरा बढ्न नसकेको गुनासो बढ्न थालेपछि यस विषयमा बुझ्न र सहज बनाउन काठमाडौंबाट उच्चस्तरीय टोलीसहित सुदूरपश्चिम प्रदेशमा आएको मन्त्री भट्टले बताए ।

कैलाली आएलगत्तै मन्त्री भट्टले एक साताभित्र थप तीन वटा पीसीआर परीक्षण गर्ने मेशिन आउने समेत जानकारी दिए । ‘२ वटा पहाडी जिल्ला र एउटा कञ्चनपुरका लागि पीसीआर मेशिन ल्याउन लागेको छ,’ उनले बिमानस्थलमा पत्रकारहरुसँग भने ।

मन्त्री भट्टले भारतलगायत तेस्रो मुलुकबाट फर्किएकाहरुलाई नेपालमै श्रम गर्ने सम्भावनाबारे पनि छलफल भइरहेको बताए ।

मन्त्री भट्ट सहितको टोलीले भारतबाट आउने नेपालीहरुको अवस्थाबारे कैलालीको त्रिनगर नाकाको समेत निरीक्षण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?