+
+
Shares

आलियाको ‘सडक २’ पनि डिजिटल रिलिज हुने, प्रदर्शकलाई खतराको घन्टी ?

अनलाइनखबर अनलाइनखबर
२०७७ जेठ ३२ गते ८:२७

भारतमा लक डाउन लम्बिदै गएपछि हलहरु संचालनमा आउने समय पनि पछि धकेलिदै छ । भारतमा कोभिड १९ बाट संक्रमितहरुको संख्या बढिरहेको छ । जसकाकारण, हलहरु खुलेर चलचित्र रिलिज हुने समय पनि पर धकेलिदैछ ।

यहीकारणले पनि धेरै चलचित्रका निर्माताहरुले अब हलको विकल्प खोज्न थालेका छन् । बलिउडमा अब स्टार कलाकारका चलचित्रलाई पनि डिजिटल रिलिज गर्ने तयारी गरिएको छ । डिजिटल प्लेटफर्ममा रिलिज गर्दा कुनै जोखिम मोल्न नपर्ने, लगानी सुरक्षित हुने, नाफा राम्रो कमाइने, बक्स अफिसको प्रेसर नहुने आदि कारणले पनि निर्माताहरु यतातर्फ आकर्षित भएका छन् ।

नायिका आलिया भट्ट, नायकद्धय आदित्य रोय कपुर र संजय दत्तको मुख्य भूमिका रहेको चलचित्र ‘सडक २’ पनि अब डिजिटल रिलिज हुने भएको छ ।

यस्तै, नायक अजय देवगण अभिनित चलचित्र ‘भूज दि प्राइड अफ इन्डिया’ पनि डिजिटल रिलिज गर्ने तयारीमा यसको निर्माण पक्ष लागेको छ ।
नायक अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी बम’ पनि डिजिटल रिलिज हुने पक्का भैसकेको छ ।

चलचित्र ‘गुलाबो सिताबो’ डिजिटल प्लेटफर्ममा रिलिज भैसकेको छ । यस्तै, नायिका विद्या बालन अभिनित चलचित्र ‘शकुन्तलादेवी’ पनि डिजिटल रिलिज हुने पक्का भैसकेको छ ।

भारतमा स्टार कलाकारका चलचित्रलाई पनि डिजिटल रिलिज गर्ने क्रम बढेसँगै प्रदर्शकहरुका लागि भने खतराको घन्टी बज्न थालेको विश्लेषण हुन थालेको छ । किनकी, लक डाउन लम्बिदै गएको खण्डमा अरु स्टार कलाकारका चलचित्र पनि डिजिटल प्लेटफर्ममा रिलिज हुनेछन् ।

बलिउड समिक्षकहरुले अब, डिजिटल रिलिजको क्रम लक डाउनपछि पनि निरन्तर चल्ने बताएका छन् । एकातिर, दर्शकलाई सस्तो रकममा परिवारसहित घरमै चलचित्र हेर्ने बानी परेको, निर्मातालाई पनि राम्रो नाफामा कुनै प्रेसरविना नै चलचित्र रिलिज गर्ने अवसर मिलेका कारण पनि डिजिटल माध्यममा चलचित्र रिलिज हुने क्रम बढ्ने पक्का छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?