३ असार, काठमाडौं । बार्सिलोनाले लेगानेसलाई पराजित गर्दै स्पानिस ला लिगामा रियल मड्रिडसँग अंकदूरी बढाएको छ । गएराति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई २-० ले पराजित गरेको हो ।
कोरोनाभाइरस महामारीपछि घरेलु क्याम्प क्याम्प नोउमा पहिलो पटक खेलेको बार्सिलोनाका लागि कप्तान लिओनल मेसीले अंशु फाटीले गोल गरे ।
बार्सिलोनाले दर्शक बिना पहिलो पटक घरेलु मैदानमा खेलेको हो ।
खेलको ४२औं मिनेटमा फाटीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । मेसीले ६९औं मिनेटमा पेनाल्टिबाट गोल गरेका थिए ।
६४औ मिनेटमा एन्टोनी ग्रीजमनले गोल गरेपनि भिएआरले अस्वीकृत गरेको थियो ।
जितपछि २९ खेलबाट लिग लिडर बार्सिलोनाले ६४ अंक जोडेको छ । एक खेल कम खेलेको रियल मड्रिड ५९ अंकसहित दोस्रो स्थानमा छ ।
प्रतिक्रिया 4