Comments Add Comment

कोरोना संक्रमित बढे पनि अमेरिकामा पुनः लकडाउन हुँदैन : ट्रम्प

४ असार, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही अमेरिकी राज्यमा कोरोना भाइरस (कोभिड-१९) का संक्रमितहरु बढे पनि अब पुनः लकडाउन भने नगरिने बताएका छन् । केही राज्यमा कोरोना भाइरसको संक्रमित बढिरहेको समाचार आएसँगै ट्रम्पले अब पुनः व्यवसाय बन्द गर्न नसकिने बताएका हुन् ।

फक्सन्युज च्यानलसँगको कुराकानीमा उनले आफूले मुलुकलाई बन्द गर्न नसक्ने बताएका हुन् । यसअघि अमेरिकी राष्ट्रपति कार्यालयका आर्थिक सल्लाहकार लेरी कुड्लो र अर्थमन्त्री स्टिभन म्नुशिनले पनि अमेरिकामा पुनः लकडाउन गर्न नसकिने बताएका थिए ।

गत मार्चमा कोरोना भाइरसको महामारी बढेसँगै अमेरिकामा रेष्टुरेन्ट, जिम, स्कुल र अन्य क्षेत्रहरु बन्द गरिएको थियो । अहिलेसम्म कोरोना भाइरसको कारण २१ लाख ६३ हजारभन्दा धेरै संक्रमित फेला परिसकेका छन् भने एक लाख १७ हजारभन्दा बढी मानिसको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।

स्रोत :अलजजिरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment