Comments Add Comment

काठमाडौं महानगरको नीति : कोरोना नियन्त्रण प्राथमिकतामा, व्यापारीलाई कर छुट

४ असार, काठमाडौं । काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बिहीबार राष्ट्रियसभा गृहमा काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले आर्थिक वर्ष ७७÷०७८ को २ सय ५९ बुँदे नीति तथा कार्यक्रम सार्वजनिक गरे । जसमास्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रवद्र्धन, आवागमन ब्यबस्थापनलगायतमा विशेष केन्द्रित रहेको छ ।

कोभिड–१९ प्रतिकार्य योजना तयार गरी लागु गर्नुका साथै उपत्यकाका अन्य नगरपालिकाहरुसँगको सहकार्यमा उपत्यकाव्यापी रुपमा कार्यान्वयनमा लैजान पहल गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

लकडाउनले महानगरवासीमा पारेको असरलाई न्यूनीकरण गरी छिटो भन्दा छिटो जनजीवनलाई पूर्ववत् अवस्थामा ल्याउन प्रयासरत रहेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कोभिड–१९ का कारण व्यापार व्यवसायमा आएको अप्रत्याशित मन्दीलाई दृष्टिगत गरी महानगरभित्र सञ्चालित होटेल, रेष्टूराँ, सपिङ मलहरु, डे÷नाइट मार्केट लगायत अन्य व्यापार व्यवसायहरुलाई विशेष सहुलियत प्रदान गर्ने नीति महानगरले लिएको छ ।

‘स्थानीय समुदाय, निजी क्षेत्र, सुरक्षा निकाय, यातायात व्यवसायीसँग सहकार्य गरी आर्थिक तथा पर्यटन क्षेत्रमा योगदान दिने निश्चित क्षेत्रहरु रातको समयमा सञ्चालन गर्नका लागि आवश्यक नीतिगत तथा पूर्वाधारको ब्यबस्था मिलाइनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

उद्योगी, व्यवसायी तथा स्थानीय समुदायसँगको सहकार्यमा विभिन्न अवसरमा स्वदेशी उत्पादनको व्यापार प्रवद्र्धन मेला आयोजना गर्ने, पर्यटन प्रबद्र्धनको माध्यमबाट स्थानीय जनताको जीवनस्तर उकास्न पर्यटन पूर्वाधारको संरक्षण, सम्वद्र्धन र विस्तारमा जोड दिने महानगरपालिकाले जनाएको छ ।

काठमाडौं महानगरपालिकाको आन्तरिक श्रोत साधनको प्रभावकारी परिचालन गर्न प्रगतिशील कर प्रणालीको विकास, सक्षम कर प्रशासनको निर्माण, करका दायरा विस्तार, करको दर पुनरावलोकन, करको क्षेत्र विस्तार र राजश्व चुहावट नियन्त्रणलाई प्रभावकारी बनाउने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कर तथा गैरकर राजस्व अनुगमन कार्यलाई कडाइका साथ लागु गर्न विशेष अनुगमन टोली गठन गरी परिचालन गर्ने, काठमाडौं महानगरपालिकाका करदाताको तथ्याङ्क संकलन गरी अभिलेख अध्यावधिक गर्ने, शहरको सौन्दर्य र सुरक्षामा आँच आउने गरी विज्ञापन सामग्री राख्न निषेध गर्ने नीति महानगरपालिकाले लिएको छ ।

कोभिड–१९ को महामारीबाट प्रभावित करदातालाई उचित छुट सहुलियत दिने नीति पनि महानगरपालिकाले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment