Comments Add Comment

चीन र रुस महामारीको गलत फाइदा उठाउने प्रयासमा छन् : बेलायत

४ असार, काठमाडौं । बेलायतले रुस र चीनले कोरोना भाइरस (कोभिड–१९) को महामारीको गलत फाइदा उठाउने प्रयास गरिरहेको आरोप लगाएको छ ।

बेलायतका विदेशमन्त्री डोमिनिक राबले स्काइ न्युजसँग कुरा गर्दै चीन, रुसका साथै इरानले पनि आफ्नो विश्वव्यापी स्वार्थलाई पूरा गर्न यो महामारीको गलत फाइदा उठाइरहेको बताएका हुन् ।

विदेशमन्त्री राबले साइबर आक्रमण वा अन्य तरिकाबाट यी मुलुकहरुले कोरोना भाइरस महामारीको फाइदा उठाइरहेको बताएका छन् । उनले भनेका छन्, ‘मलाई लाग्छ कि हामीले हङकङको सम्बन्धमा यस्तो देखिएको छ । केही मानिसहरु राष्ट्रिय सुरक्षा कानुनलाई अगाडि राखेर मौकाको फाइदा उठाइरहेका छन् । जबकी विश्वको ध्यान कोरोना भाइरसमा छ ।’

विदेशमन्त्री राबले रुसमाथि इन्टरनेट र अन्य दोस्रो माध्यमको माध्यमबाट व्यवस्थित रुपमा गलत जानकारी फैलाएको आरोप लगाएका छन् । यद्यपि उनले विदेशी नेताहरुले जे गरिरहेका छन्, त्यसको असर बेलायतलाई भने नपरेको बताएका छन् । उनले भने, ‘मलाई लाग्दैन कि उनीहरुले स्वास्थ्यको मामिलामा हामीले भन्दा फरक वा राम्रो काम गरेका छन् ।’

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment