Comments Add Comment

प्रदेश २ मा ६६ संक्रमित थपिए, संक्रमित संख्या २७ सय ८१

४ असार, जनकपुरधाम । प्रदेश २ मा कोरोना संक्रमितको संख्या २८ सय नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा ६६ जना थपिएसँगै संक्रमितको संख्या २७ सय ८१ पुगेको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा धनुषामा २९ जना, महोत्तरीमा १ जना, सर्लाहीमा २ जना र रौतहट जिल्लामा ३४ जना संक्रमित थपिएका छन् ।

प्रदेशका आठ जिल्लामध्ये सबैभन्दा बढी संक्रमित रौतहट जिल्लामा छन् । रौतहटमा १ हजार ३९ जना संक्रमितको पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सर्लाहीमा ५ सय ३५, महोत्तरीमा ५ सय ८, धनुषामा २ सय ४०, पर्सामा १ सय ५३, सप्तरीमा १ सय ३२, बारामा १ सय र सिरहामा ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, बाहिरबाट आउने ३ जना संक्रमित देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment