Comments Add Comment

अर्घाखाँचीमा भिरबाट लडेर दुई जनाको मृत्यु

५ असार, बुटवल । भिरबाट लडेर अर्घाखाँचीका बेग्लाबेग्लै स्थानमा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मालारानी गाउँपालिका-५ का ४९ वर्षीय मनबहादुर खत्री र सन्धिखर्क नगरपालिका-२ स्थित भलायडाँडाका ५५ वर्षीय वसन्त कुमाल रहेका छन् ।

खेतमा रोपाइँ गरी फर्कने क्रममा घर नजिकै बाटोदेखि अन्दाजी ५० मिटर तल खस्दा गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

यस्तै, कुमालको सन्धिखर्कको पाणिनी बहुमुखी क्याम्पस भवन निर्माणको काम गर्ने क्रममा घाइते भएका र उपचारका लागि बुटवल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकृत प्रकाश खत्रीले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment