Comments Add Comment

प्रदेश २ मा थपिए ९ जना कोरोना संक्रमित

५ असार, जनकपुरधाम । प्रदेश २ मा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

संक्रमित हुनेमा सप्तरीका १ महिलासहित ४ जना र सर्लाहीका एक महिलासहित पाँच जना छन् ।

सामाजिक विकास मन्त्रालयका अनुसार सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ४ का ५० वर्षीया एक जना महिला, ११ वर्षीय एक जना बालक, १६ वर्षीय एक जना किशोर र ४० वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यस्तै, सर्लाहीको गोडैता नगरपालिकाका १६, २० र २३ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । सर्लाहीकै चक्रघट्टा गाउँपालिकाकी ९ वर्षीया एक बालिका र १९ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा संक्रमितको संख्या दुई हजार ७ सय ९० पुगेको छ ।

डिस्चार्ज हुनेको संख्या ७४०

प्रदेश २ बाट पछिल्लो २४ घण्टामा ५७ जना कोरोना संक्रमितहरू उपचारपश्चात डिस्चार्ज भएका छन् ।

जनकपुरधामस्थित प्रादेशिक अस्पतालअन्तर्गत लक्ष्मीनिया गाउँपालिकामा रहेको वीपी मेमोरियल पोलिटेक्निकल इस्न्टिच्युटको आइसोलेसन कक्षबाट ११ जना पुरुष, सिराहा जिल्लास्थित सिराहा अस्पतालअन्तर्गतको कोभिड विशेष अस्पतालको आइसोलेसन कक्षबाट ४ जना पुरुष, सप्तरी जिल्लास्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालअन्तर्गतको साईकृष्ण कोभिड १९ अस्पतालको आइसोलेसन कक्षबाट ५ जना पुरुष र सर्लाहीको मलंगवा नगरपालिकास्थित सर्लाही जिल्ला अस्पतालअन्तर्गत रहेको अल्पामाई रामनारायण यादव नर्सिङ्ग कलेजको आइसोलेसन कक्षबाट २ महिला र ३५ जना पुरुष गरी कुल ५७ जना कोरोना संक्रमतिहरू उपचार पश्चात डिस्चार्ज भएका छन् ।

यससँगै यस प्रदेश नम्वर २ का ७ सय ४० जना कोरोना संक्रमित व्यक्तिहरू उपचारपश्चात डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment