Comments Add Comment

क्रिकेट खेलाडीको प्रशिक्षणको लागि क्यानले माग्यो अनुमति

११ असार काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले सिनियर टिमको क्रिकेट खेलाडीको प्रशिक्षण सुरु गर्नका लागि अनुमति माग्दै राष्ट्रिय खेलकुद परिषद राखेपमा पत्र पठाएको छ ।

कोरोना भाइरस महामारीका कारण तीन महिनादेखि खेलाडीहरुले प्रशिक्षण गर्न पाएका छैनन् । दुई साताअघि क्यान कार्यमसितिको भर्चुअल मिटिङले असार १५ सम्म पर्खने त्यसपछि प्रशिक्षणका लागि सरकारसंग अनुमति माग्ने जनाएको थियो ।
क्यानका अध्यक्ष चतुरबहादुर चन्दले प्रशिक्षण अनुमतिका लागि कर्मचारीमार्फत राखेपमा पत्र पठाएको बताए ।

कप्तान ज्ञानेन्द्र मल्लसहित केही खेलाडी अहिले व्यक्तिगत रुपमै कीर्तिपुरस्थित टीयू मैदानमा पुगेर प्रशिक्षण सुरु गरेका छन् । तर क्यानले सिनियर टिमका २०-२२ जना खेलाडीलाई विभिन्न समूह बनाएर प्रशिक्षण गर्ने गरी तयारी गरेको छ । त्यसैको लागि क्यान अनुमतिको पर्खाइमा छ ।

‘अब परिषदले कसरी प्रशिक्षण गर भन्छ त्यसको पर्खाइमा छौँ । भोलि जिम्मा कले लिने पीसीआर टेष्ट कसले गर्ने? हाम्रो आग्रह भनेको यो काम सरकारले खेलकुद परिषदले गर्ने भन्ने हो । अब उताबाट जवाफ आउला त्यसको पर्खाइमा छौँ,’ क्यान अध्यक्ष चतुरबहादुर चन्दले भने ।

राखेप सदस्य सचिव रमेशकुमार सिलवालले केही दिनअघि अब खेलाडीहरुको पीसीआर टेष्ट गरेर प्रशिक्षणमा फर्काउने योजना रहेको सुनाएका थिए ।

क्यान अध्यक्ष चन्दले पहिला सिनियर टिमलाई ट्रेनिङमा राख्ने बताए । ‘हामीले प्रशिक्षण गर्ने अनुमति पायौँ भने पहिला सिनियर टिमको प्रशिक्षण गर्ने हो । हामी २२-२४ जनालाई ३-४ समूहमा छुट्यायर प्रशिक्षण गर्ने योजना हो,’ चन्दले भने, ‘खेलाडीहरु कोही बाहिर छन् । ल्याउनुपर्‍यो । तिनीहरुलाई कहाँ राख्ने होटलमा राख्नुपर्‍यो । हामी यो बीचमा त्यो योजनाहरु बनाउँछौँ ।’

चन्दले अहिले तत्काल प्रतियोगिताहरु नभएकोले यो समयमा प्रशिक्षण गर्न सके अलि सहज अवस्था आएपछि सजलो हुने विश्वास राखेका छन् ।

‘हामीलाई सरकारको अनुमति चाहिएको हो । त्यसका लागि हामीले परिषदलाई पत्र दिने हो । उताबाट मन्त्रीको आदेश लिएर कोभिड-१९ व्यवस्थापन कमिटीको निर्देशनअनुसार दुरी कायम गरेर, कति जना एकै पटक गर्न मिल्छ । पहिला पीसीआर टेष्ट गर्नुपर्‍यो र आतेजाते व्यवस्था सुनिश्चित भएपछि प्रशिक्षण सुरु गर्नेछौँ ।’

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले क्रिकेट प्रशिक्षण सुरु गर्नका लागि गाइडलाइन पनि बनाएको छ । तर नेपालमा खेलाडीको प्रशिक्षण करी सुरु गर्ने पीसीआर टेष्ट कसरी गर्ने हेल्थ प्रोटोकल कस्तो हुने भनेर खेलक्षेत्रको कुनै गाइडलाइन बनेको छैन ।

अखिल नेपाल फुटबल संघ एन्फाले पनि जुलाई दोस्रो सातादेखि फुटबल टिमको प्रशिक्षण सुरु गर्ने तयारीका साथ सम्बन्धित निकायम पत्राचार गरेको जनाएको छ ।

नेपाल ब्याडमिन्टन संघले भने मंगलवादेखि त्रिपुरेश्वरस्थित कभर्डहलमा प्रशिक्षण सुरु गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment