Comments Add Comment

प्रधानमन्त्री ओलीको गीतमा सर्जन रमेश भण्डारीको स्वर

प्रधानमन्त्री केपी शर्मा ओलीले सिर्जना गरेको गीत चर्चित सर्जन डा. रमेश सिंह भण्डारी गाएका छन् । प्रधानमन्त्रीले ओलीले रचना गरेको ‘बन्छ अब नमुना नेपाल’ बोलको गीतमा डा. भण्डारीको नै संगीत रहेको छ ।

डा. भण्डारीले गत मंसिरमा प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरेका थिए । शल्यक्रियापछि अस्पतालमा रहँदा प्रधानमन्त्री गीत सुनिरहन्थे । त्यतिखेर डा. भण्डारीले गीत गाएर ओलीलाई सुनाएका थिए ।

प्रधानमन्त्री अस्पतालबाट डिस्चार्ज भएपछि प्रधानमन्त्री ओलीले कविता ‘बन्छ अब नमुना नेपाल’ सार्वजनिक भयो । त्यही कवितालाई डा. भण्डारीले र्‍याप प्याटर्नमा ढालेर गीत बनाएका हुन् ।

गीत गाउन सौखिन भण्डारी कलेज जीवनमा पनि गीत गाउँथे । उनको केही गीतहरु यसअघि पनि रेकर्ड भएका छन् । तर, डा. भण्डारीले प्रधानमन्त्रीको शब्दमा स्वर र संगीत भर्न पाउँदा आफूलाई गर्व लागेको प्रतिक्रिया दिए ।

उक्त गीतमा संगीत  संयोजन, मिक्स र माष्टरको काम भने निरन डंगोलले गरेका छन् । गीतको भिडियोमा क्रिएटिभ टिममा पवित्र शाक्य, विपिन कपाली र सागर राज रहेका छन् । संगीतको निर्देशन तथा प्रोष्ट म्यानेज पनि सागर राजले नै गरेका छन् ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment