
१२ असार, काठमाडौं । काभ्रेको रोशी गाउँपालिका–३, सिपालीमा लुटेराको समूहले गोली चलाएको छ ।
बोधिचित्त रुँघेर बसेका स्थानीय व्यक्तिलाई हतियारधारी समूहले तर्साएर लुटपाट गरेका हुन् ।
घटनाबारे जानकारी पाएलगत्तै नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । त्यसअघि हतियारधारी समूहले रुँघेर बसेका व्यक्तिलाई ताकेर गोली चलाएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले अनलाइनखबरलाई बताए ।
एसपी पौडेल भन्छन् – बम राखेर बाटो छेके
काभ्रेका प्रहरी प्रमुख एसपी रवि पौडेलले घटनामा पाँच जना घाइते भएको बताएका छन् । उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।
‘लुटेरा समूहको कुटपिटबाट उनीहरु घाइते भएका हुन्’, पौडेलले अनलाइनखबरसँग भने, ‘प्रहरीलाई छेक्न बाटोमा बम राखिएको रहेछ, त्यसैले उनी समातिएनन् ।’
मध्यराति भएका घटनामा संलग्न केहीको पहिचान भइसकेको उनको भनाइ छ । खोजी कार्य थालिएको पौडेलले बताए ।
प्रतिक्रिया 4