+

सिरी एमा इन्टर, एटलान्टा, नापोली र मिलान विजयी, रोमा पराजित

२०७७ असार  १५ गते १०:३६ २०७७ असार १५ गते १०:३६
सिरी एमा इन्टर, एटलान्टा, नापोली र मिलान विजयी, रोमा पराजित

१५ असार काठमाडौं । इटालियन सिरी एअन्तर्गत गएराति भएका खेलमा ठूला क्लबहरु विजयी भएका छन् । तेस्रो स्थानको इन्टर चौथो स्थानको एटलान्टाले जित हात पार्दा पाँचौ स्थानको रोमा भने एसी मिलानसँग पराजित भएको छ । यस्तै नापोलीले पनि जित हात पारेको छ ।

इन्टरले नवौं स्थानको पार्मालाई २-१ ले पराजित गरेको हो । जितपछि २८ खेलबाट ६१ अंक जोडेको इन्टरले दोस्रो स्थानको लाजियोसँग अंक दूरी ४ मा झारेको छ ।

यस्तै एटलान्टाले उडिनेसीलाई ३-२ ले पराजित गर्दै शीर्ष चारमा पकड कायमै राखेको छ । एटलान्टाको २८ खेलबाट ५७ अंक छ ।

पाँचौ स्थानको रोमालाई २-० ले पराजित गर्दै एसी मिलान सातौं स्थानमा उक्लेको छ । २८ खेलबाट मिलानको ४२ अंक छ । हारपछि पनि ४८ अंक रहेको रोमा पाँचौ स्थानमै छ । यस्तै छैटौं स्थानको नापोलीले अंक तालिकाको पुछारमा रहेको एसपीएललाई ३-१ ले पराजित गरेको छ । नापोलीको २८ खेलबाट ४५ अंक छ ।

इटालियन सिरी ए
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय