+
+
Shares

पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन नेविसंघको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १७ गते १६:१५

१७ असार, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा मंगलबार गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।

बुधबार विज्ञप्ति जारी गरी अध्यक्ष राजीव ढुंगानाले कोरोना महामारीका कारण नाजुग अवस्थामा पुगेका नागरिकको दुखिरहेको घाउमा मलम लगाउनुको सट्टा सरकारले इन्धनको मूल्यवृद्धि गरेर नुन चुक छरेको बताए ।

‘पेट्रोलियम पदार्गको मूल्य बढ्नु भनेको सामान ढुवानी खर्च वृद्धि भई अन्ततः सम्पूर्ण उपभोग्य वस्तुको बजार मूल्य वृद्धि हुनु हो’ विज्ञप्तिमा भनिएको छ ‘यसबीचमा यसै आकाशिएको मूल्यवृद्धि नियन्त्रण गरी यस्तो महामारीको बेलामा जनतालाई न्यून मूल्यमा उपभोग्य सामग्री उपलब्ध गराउनुका साटो सरकार जनताबाट कसरी बढी रकम असुल्ने भन्नेमा लाग्नु अत्यन्तै दुखद कुरा हो ।’

सरकारले मूल्यवृद्धि फिर्ता नलिए सडक आन्दोलन गर्ने नेविसंघले चेतावनी दिएको छ ।

नेपाल आयल निगमले मंगलबा राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ मूल्यवृद्धि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?