
१८ असार, वीरगञ्ज । पर्साबाट स्रोत नखुलेको २ लाख रुपैयाँसहित १ जना पक्राउ परेका छन् ।सशस्त्र प्रहरीले धोविनी गाउँपालिका– १ पिपरा बस्ने जय प्रकाश पटेललाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट भिखमपुरबाट खटिएको टोलीले जगरनापुर गाउँपालिका–२ दशौताबाट उनलाई पक्राउ गरेको हो ।
ना २१ प ९४३१ नम्बरको मोटरसाइकलमा सवार पटेललाई चेकजाँच गर्ने क्रममा २ लाख रुपैयाँ बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । रकमको स्रोत खुलाउन नसकेपछि मोटरसाइकलसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोजीत कुँवरले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4