+
+
Shares

शान्ति मिसनका लागि नेपाली सैनिक असार २४ मा अफ्रिका जाँदै

नेपाल एयरलाइन्सको वाइडबडी पहिलो पटक अफ्रिका उडान गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७७ असार १८ गते १६:०३

१८ असार, काठमाडौं । कोरोना महामारीकै बीच नेपाली सैनिक संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक र माली जाने भएका छन् ।

शान्ति  मिसनका लागि खटिने नेपाली सेनाका अधिकृत र जवानलाई लिएर नेपाल एयरलाइन्सको विमान असार २४ गते ती दुई देशमा पुग्नेछ ।

यी दुई मुलुकमा हुने उडानका सम्बन्धमा नेपाली सेना र नेपाल एयरलाइन्सबीच बिहीबार सम्झौता भएको छ । सम्झौता अनुसार दुबै उडान ८ जुलाई अर्थात असार २४ गते नै हुनेछ ।

नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दीपु ज्वार्चनका अनुसार नेपाल एयरलाइन्सको वाइडबडी जहाज काठमाडौंबाट सैनिक लिएर सुरुमा कतारको राजधानी दोहा पुग्नेछ । त्यहाँ इन्धन थप गरी जहाज सेन्ट्रल अफ्रिकन रिपब्लक पुग्नेछ ।

नेपालबाट गएका केही सैनिक त्यहाँ झर्नेछन् भने केही सैनिक लिएर विमान फेरि माली पुग्नेछ । मालीमा सैनिक झारेपछि विमान काठमाडौं फर्किनेछ ।

यसअघि नै शान्ति मिसनका लागि ती देशमा पुगेका नेपाली सैनिक सोही विमान चढेर स्वदेश फर्किनेछन् । ती मुलुकबाट नेपाल फर्कन सैनिकको संख्या भने ५/६ जना मात्र रहेको बताइएको छ ।

यो उडानलाई कम्पनीले चुनौती र अवसर दुबै रुपमा लिएको नेपाल एयरलाइन्सको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?